Main News

ओमानबाट आयो ५ सय ६० थान अक्सिजन सिलिन्डर

हिमालय टिभी
२०७८ जेठ २ गते ७:४५
ओमानबाट आयो ५ सय ६० थान अक्सिजन सिलिन्डर

२ जेठ २०७८ काठमाडौं । ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज गएराति ११ बजे नै चीनको राजधानी बेइजिङ गएको छ ।

चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन विमान बेइजिङ गएको हो । निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन विमान लगातार बेइजिङ जाने महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाजले आजदेखि लगातार चार दिन बेइजिङबाट दैनिक ५५० अक्सिजन सिलिन्डर ल्याउनेछ ।

चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसीसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी जम्मा ३१३ थान अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ ।

निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *