Main News

कोरोनाले वैशाखमा १६ सयभन्दा बढीको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते २०:४१
कोरोनाले वैशाखमा १६ सयभन्दा बढीको मृत्यु (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । यो वर्षको पहिला महिना वैशाख कोरोना संक्रमणका कारण नेपाल र नेपालीका लागि खराब महिना भयो । वैशाखको एउटै महिनामा डेढ लाख बढी संक्रमित भए पनि १६ सय ११ जनाले ज्यान गुमाए ।

वैशाखमा १ लाख ५८ हजार ६७४ संक्रमित
वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भए । वैशाख १ गतेसम्म देश भर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लख ८० हजार सात सय ९४ थियो । सो सङ्ख्या बढेर वैशाखको अन्तिम दिन पुग्दा चार लाख ३९ हजार ६ सय ५८ पुगेको थियो । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ६ सय ७४ कोरोना सङ्क्रमित थपिएका छन् ।

१६ सय ११ जनाको मृत्यु
वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६ सय ११ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा वैशाख मसान्तसम्म मृतक चार हजार ६ सय ६९ पुगेका छन् ।

वैशाखमा उपत्यकामा ४२ हजार बढी सक्रिय संक्रमित थपिए
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ५४ मात्र थियो । तर वैशाख मसान्तमा यो सङ्ख्या बढेर ४२ हजार ४ सय चार पुग्यो ।

वैशाखमा संक्रमण मुक्त हुने ५३ हजार मात्रै
वैशाखमा १ लाख ५८ हजार ६७४ संक्रमित भए पनि संक्रमण मुक्त हुनेको संख्या निक्कै कम छ । वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ५३ हजार हजार ३ सय ३५ छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल यो सङ्ख्या बढेर एक लाख सात हजार ३ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *