Political Hightlights

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो समूहमाथि कारबाहीको तयारी

हिमालय टिभी
२०७८ जेठ १ गते १९:१६
जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो समूहमाथि कारबाहीको तयारी

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ।

यादव भट्टराई पक्षले ठाकुर महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको डिलमा पुगेको छ । कारवाहीका लागि यादव भट्टराई पछि कार्यकारिणी समिति बैठक बोलाएर छलफल थालेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक ठहर गरेको छ ।बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताउनुभयो ।

महन्थ ठाकुर समूहले आफूलाई विधानमाथि ठानेको यादवभट्टराई पक्षको आरोप छ ।

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्