कोरोनाका जटिल बिरामी मात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह
२०७८ जेठ १ गते १८:५०
१ जेठ २०७८ सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले कारोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ।
प्रदेश अस्पताल सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो।
उक्त विज्ञप्तिमा भनिएको छ– ‘यस अस्पतालमा संकटको घडीमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भई अझ मेहनतका साथ काम गर्नुपर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित स्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपतारको काम भइरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रेफर गर्न अनुरोध गर्दछौँ।’
प्रतिक्रिया