Main News
कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक
२०७८ जेठ १ गते १३:३७

१ जेठ २०७८ काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
निर्मलाको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्मला लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
यसअघि उहाँलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न निर्मलाको निधनप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।
प्रतिक्रिया