थप कोरोनाका बिरामी भर्ना नलिने कर्णाली प्रदेश अस्पतालको घोषणा

हिमालय टिभी
२०७८ जेठ १ गते १३:१८
थप कोरोनाका बिरामी भर्ना नलिने कर्णाली प्रदेश अस्पतालको घोषणा

१ जेठ २०७८ सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने घोषणा गरेको छ ।

प्रदेश अस्पतालले सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा आजदेखि कारोनाका थप नयाँ बिरामी भर्ना नलिने जनाएको हो।

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताउनुभयो ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि अस्पतालका कोरोना संक्रमितलाई धेरै अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर अभाव भएको निर्देशक खड्काको भनाइ छ ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्टबाट दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन भए पनि त्यसले बिरामीलाई थेग्न सक्ने अवस्था छैन ।

अस्पतालमा दैनिक ३ सय भन्दा धेरै सिलिन्डर अक्सिजन आवश्यक पर्छ। हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *