Main News

जसपामा राजेन्द्र महतो एकतर्फी ढंगले संसदीय दलको नेता चयन

हिमालय टिभी
२०७८ जेठ १ गते ७:४७
जसपामा राजेन्द्र महतो एकतर्फी ढंगले संसदीय दलको नेता चयन

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन हुनुभएको छ ।

जसपा संसदीय दलको बिहीबार बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

संसदीय दलको नेता चयन भएको भन्दै ठाकुरले सामाजिक सञ्जालमार्फत बधाई समेत दिनुभएको छ । जसपाका ३४ मध्ये १९ सांसदले महतो संसदीय दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई भने यो बैठकबारे जानकारी दिइएको थिएन । उपेन्द्र र बाबुरामले आफूहरुलाई थाहा नै नदिएको भन्दै विरोध जनाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *