प्रधानमन्त्री ओलीद्वारा शपथका क्रममा ‘प्रतिज्ञा’ गर्न किन गरे अस्वीकार ?
२०७८ वैशाख ३१ गते १५:३९

३१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथका क्रममा ‘प्रतिज्ञा’ गर्न अस्वीकार गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि भनेर सपथ गराउँदै गर्दा ओलीले ‘प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न अस्वीकार गर्नुभएको हो ।
राष्ट्रपतिले प्रतिज्ञा गर्छु कि भन्ने शब्द दोहोर्याउँदासमेत ओलीले ‘यो पर्दैन’ भन्नुभयो ।
जस अनुसार प्रधानमन्त्रीओलीले सपथमा ‘म केपी शर्मा प्रति ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक….. देश र जनताको नाममा सपथ लिन्छु कि’ भन्नुभयो ।
प्रतिक्रिया