Main News

अक्सिजनको चरम अभाव : बेलझुण्डीमा गयो आठको ज्यान

हिमालय टिभी
२०७८ वैशाख २८ गते १८:१५
अक्सिजनको चरम अभाव : बेलझुण्डीमा गयो आठको ज्यान

२८ वैशाख २०७८ दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।

पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाउनुभएको छ ।

उहाँले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *