Main News

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, पूर्वराजा ज्ञानेन्द्रको कोरोना रिपोर्ट नेगेटिभ

हिमालय टिभी
२०७८ वैशाख २८ गते १५:०९
पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, पूर्वराजा ज्ञानेन्द्रको कोरोना रिपोर्ट नेगेटिभ

२८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले बताएको छ । पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उहाँको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको नर्भिक अस्पतालले जनाएको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *