Main News

महाकाली अस्पतालमा आईसीयू बेड नहुँदा बाहिरै राखेर उपचार शुरु

हिमालय टिभी
२०७८ वैशाख २८ गते १४:०९
महाकाली अस्पतालमा आईसीयू बेड नहुँदा बाहिरै राखेर उपचार शुरु

२८ वैशाख २०७८ कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा आईसीयू बेड नहुँदा बिरामीलाई इमर्जेन्सीको बाहिर पट्टी राखेर उपचार गर्न थालिएको छ ।

कञ्चनपुरमा अहिले १७ हजार ४ सय २२ जना कोरोना संक्रमित छन् । अस्पतालमा बेड नहुँदा संक्रमितलाई समस्या भएको छ ।

महाकाली अस्पतालमा ६ जनाको लागि मात्रै आईसीयू बेड रहेको छ । तर गम्भीर संक्रमित बढ्दै जाँदा अस्पतालले थेग्न नसक्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालमा बेड अभाव हुन नदिन हरेक स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने गरी स्थानीय तहसँग समन्वय गरिरहेको छ । यो समस्या केही दिनमै हल हुने प्रशासनको दाबी छ ।

कञ्चनपुरमा कोरोना संक्रमणबाट ६६ जनाको मृत्यु भइसकेको छ । ७ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *