Main News

बाँकेमा १२ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २८ गते १३:३३
बाँकेमा १२ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु

२८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टाको अन्तरमा बाँकेमा उपचाररत थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु हिजो अपराह्न चार बजेदेखि आज बिहान ४ बजेभित्र भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बर्दियाका ६३ र ७८ वर्षीया महिला, बाँकेका ५२ वर्षीय पुरुष, ४५ वर्षीय र ८८ वर्षीय पुरुष छन्।

यसै गरी बर्दियाकै ७३ वर्षीय , २१ वर्षीय, ६० वर्षीय र ८५ वर्षीय पुरुष छन्। त्यस्तै बाँकेका ६८ वर्षीय पुरुषको पनि मृत्यु भएकव छ । यसै गरी बाँकेका अर्का ६२ वर्षीय पुरुषको पनि ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन वलीले जानकारी दिनुभयो ।

यो सहित बाँके जिल्ला भित्रका १९७ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरबाट बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *