Main News
किट अभावमा टेकुमा पीसीआर परीक्षण स्थगित
२०७८ वैशाख २८ गते १३:३०
२८ वैशाख २०७८ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले विशेष कारणले अनिश्चितकालसम्मका लागि पीसीआर परीक्षण स्थगित गरिएको सूचना निकालेको छ। किट अभावमा पीसीआर परीक्षण रोक्नु परेको अस्पतालका निर्देशक डाक्टर सागरकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
उहाँले हवाइ उडान बन्द भएकाले किट ल्याउन नसकिएको बताउनुभयो । किट आइसकेपछि कोरोना परीक्षण शुरु गर्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया