Main News

अक्सिजन आपुर्तिको वैकल्पिक व्यवस्था नगरे भारतमाभन्दा ठुलो संकट आउने उद्योगीहरुको चेतावनी

हिमालय टिभी
२०७८ वैशाख २८ गते १३:२६
अक्सिजन आपुर्तिको वैकल्पिक व्यवस्था नगरे भारतमाभन्दा ठुलो संकट आउने उद्योगीहरुको चेतावनी

२८ वैशाख २०७८ काठमाडौं । अक्सिजन उत्पादक कम्पनीले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिनुभयो ।

महासचिव तिमिल्सिनाले सरकारले अक्सिजन आपुर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गर्नुभयो ।

सबै प्लाण्टरु पुर्ण क्षमतामा सञ्चालनमा छन् र पुर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिण्डर उत्पादन गरिरहेको अवस्था छ । यो उत्पादनले अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ ।

उपत्यकामा मात्रै ८ वटा प्लाण्ट चालु अवस्थामा छन् । २ वटा प्लाण्टहरु मर्मतको क्रममा छन् । २ वटा प्लाण्ट चलेको अवस्थामा पनि त्यो उत्पादनले पनि अहिलेको अवस्थामा माग थेग्न नसक्ने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *