Political Hightlights

सरकार आफ्नो प्राथमिकतामा नरहेको जसपाको ठाकुर समूहको प्रतिक्रिया

हिमालय टिभी
२०७८ वैशाख २८ गते ८:१३
सरकार आफ्नो प्राथमिकतामा नरहेको जसपाको ठाकुर समूहको प्रतिक्रिया

२८ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुरले समूहले सरकार आफ्नो प्राथमिकतामा नरहेको जनाएको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती निकालेर सरकार आफ्नो प्राथमिकतामा नरहेको र मधेसका मुद्धा सम्बोधन गर्ने विषय महत्वपूर्ण रहेको बताउनु भएको छ ।

अध्यक्ष ठाकुरको यो अभिव्यक्तिले विपक्षी गठबन्धनलाई धक्का लाग्ने देखिएको छ । ठाकुर पक्षले साथ नदिँदा संविधानको धार ७६ दुई अनुसार गठबन्धन सरकार बन्न सक्दैन ।

प्रधानमन्त्रीले विश्वासको मत नपाउने बित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई पत्र लेख्दै धारा ७६ दुई अनुसार सरकार गठनका लागि आग्रह गरेका थिए ।

त्यही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेसम्म गठबन्धन सरकारका लागि दलहरुलाई आब्हान गर्नु भएको छ । गठबन्धन सरकार निर्माणका लागि १३६ सांसद चाहिन्छ ।

कांग्रेसका ६१, माओवादीका ४९ र जसपा उपेन्द्र पक्षका १६ सांसद जोड्दा १२६ मात्र हुन्छ । राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाक एक एक सांसद छन् । जसपाको ठाकुर पक्षले मत नदिँदा विपक्षी गठबन्धनलाई नेकपा एमालेको नेपाल खनाल पक्षले साथ दिनु पर्छ ।

तर त्यसको टुंगो लागिसकेको छैन । १६ सांसाद रहेको ठाकुर पक्ष विश्वासको प्रस्तावमा तटस्थ रहेको थियो भने उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।

गठबन्धन सरकार बन्न नसकेमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतमा फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बाटो खुल्छ । तर त्यसले पनि एक महिनाभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ ।

विश्वासको मत पाउने सम्भावना नभएकाले फेरि संसद विघटन गरी चुनावको मिति तोक्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्