Main News

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु, ९२७१ संक्रमित थपिए

हिमालय टिभी
२०७८ वैशाख २७ गते १८:४१
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु, ९२७१ संक्रमित थपिए

२७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्र भएको छ । संक्रमणबाट एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ ।

संक्रमणदर पनि अहिलेसम्मकै उच्च भएको छ । कूल परीक्षणको ५० प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो विश्वकै उच्च दर हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको विवरण सार्वजनिक गरिएको जनाएको छ । संक्रमणबाट यति धेरै संख्यामा मृत्यु भएको अहिलेसम्मकै उच्च हो ।

योसहित नेपालमा ३ हजार ८ सय ५९ जनाको ज्यान गएको छ ।
यस्तै ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६ सय २३ जनाको पिसिआर परीक्षण र ७ सय ८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा अहिलेसम्मकै उच्च संख्यामा नयाँ संक्रमित भेटिएका हुन् ।

पछिल्लो पटक सबैभन्दा धेरै काठमाडौंमा २७ सय ७५ जना संक्रमित थपिएका छन । रुपन्देहीमा ५ सय ३०, ललितपुरमा पाँच सय ५, कास्कीमा चार सय ७३, मोरङमा तीन सय ९९, चितवनमा तीन सय ९२, भक्तपुरमा तीन सय २७, बाँकेमा दुई सय ९५, दाङमा दुई सय ४६, मकवानपुरमा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक ४ हजार ७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि केहिदिनयता बढिरहेको छ । हाल ९३ हजार एक सय ४१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *