Main News

आज देशका अधिकांश भू–भागमा मौसम बदली भई वर्षा हुने

हिमालय टिभी
२०७८ वैशाख २७ गते ९:१२
आज देशका अधिकांश भू–भागमा मौसम बदली भई वर्षा हुने

२७ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा वर्षा हुने बताएको छ ।

महाशाखाले अहिले देशका केही भागमा वर्षा भइरहेको र देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको बताएको छ । आज बिहान मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको पनि बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने बुलेटिनमा उल्लखे गरिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *