भारतमा एकैदिन ३ लाख ६६ हजार कोरोना संक्रमित, ३७ सय बढीको मृत्यु
२७ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या केही घटेपनि अझै दैनिक संक्रमित हुने तीन लाख माथि नै रहेको छ ।
पछिल्लो पटक त्यहाँ ३ लाख ६६ हजार भन्दा बढी संक्रमित थपिए । अघिल्लो दिन मात्रै संक्रमित हुनेको संख्या ४ लाख ९ हजार बढी थियो ।
कोरोना भाइरसको नयाँ भेरिएन्टबाट सबैभन्दा बढी प्रभावित भारतमा लगातार चार दिनसम्म संक्रमित संख्या ४ लाख भन्दा माथि रहेको थियो । त्यहाँ कोरोना संक्रमितको संख्या २ करोड २६ लाख नाघेको छ ।
यस्तै सोही अवधिमा ३७ सय बढीले ज्यान गुमाए । भारतमा पछिल्लो पटक संक्रमित र मृत्यु हुनेको संख्या विश्वमै धेरै हो । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४६ हजार भन्दा बढी छ ।
त्यस्तै संक्रिय संक्रमित ३७ लाख ५० हजार नाघ्दा १ करोड ८६ हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् । पछिल्लो समय विश्वभर करिब ६ लाख ४४ हजार बढीमा संक्रमण पुष्टि हुँदा झण्डै १० हजार जनाले ज्यान गुमाए ।
प्रतिक्रिया