आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस परामर्शमा व्यस्त

Himalaya Television
२०७८ वैशाख २६ गते १९:०६

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस परामर्शमा व्यस्त

२६ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली असफल भइसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरुसँग परामर्श तिव्र पारेको छ ।

सभापति देउवाले वैकल्पिक सरकारका विषयमा आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसित छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाउने निष्कर्षसहित नयाँ वैकल्पिक सरकार बनाउने बारेमा छलफल थालिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

तर जनता समाजवादी पार्टी यसबारे अझै अलमलमा रहेको र निर्णय गर्न नसककेको कांगे्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs