Main News

कोरोनाका कारण विवेकशील साझा पार्टीको अधिवेशन स्थगित

हिमालय टिभी
२०७८ वैशाख २६ गते १४:५१
कोरोनाका कारण विवेकशील साझा पार्टीको अधिवेशन स्थगित

२६ वैशाख २०७८ काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना महामारीका कारण एकता महाधिवेशन स्थगित गरेको छ ।

जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी महाधिवेशन पार्टीको केन्द्रीय समिति बैठकले स्थगित गरेको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

तर मुलुकमा कोरोना सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी कार्यक्रम गर्ने अवस्था नरहेको प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ ।

विवेकशील साझाले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *