Main News

निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रधानन्यायाधीश जबराको प्रतिबद्धता

हिमालय टिभी
२०७८ वैशाख २६ गते ७:३५
निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रधानन्यायाधीश जबराको प्रतिबद्धता

२६ वैशाख २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाउनु भएको छ ।

कानून दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन भएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको उल्लेख गर्नु भएको छ ।

आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भएको छ ।

विक्रम सम्वत् २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *