Political Hightlights

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने विपक्षी दल कांग्रेसको निर्णय

हिमालय टिभी
२०७८ वैशाख २५ गते १८:४५
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने विपक्षी दल कांग्रेसको निर्णय

२५ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने र प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत पुग्न नदिने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री ओलीलाई हटाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । कांग्रेस प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु दुई दिन अघि राजीनामा मागेको छ ।

प्रधानमन्त्री ओलीको विरुद्धमा मत दिने निर्णय गरेको कांग्रेसले अरु दललाई पनि प्रधानमन्त्रीको विपक्षमा उभिन आग्रह गरेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार बन्ने र प्रधानमन्त्री ओलीले चुनाव गराउन नपाउने ब्रिफिंग गर्नुभएको छ ।

कांग्रेसले बारम्बार अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता जस्तो बनेको भनेर आलोचना गरेको छ ।

विवादास्पद कामका कारण राष्टपतिको भूमिकामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्