Main News

आजदेखि मौसममा सामान्य सुधार हुने

हिमालय टिभी
२०७८ वैशाख २५ गते ९:०४
आजदेखि मौसममा सामान्य सुधार हुने

२५ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ ।

हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

बिहान मौसमसम्बन्धी बुलेटिन प्रकाशित गर्दै महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

यस्तै अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *