आगामी असारसम्म झण्डै चार अर्ब लिटर अक्सिजन खपत हुने सरकारी अनुमान

२५ वैशाख २०७८ काठमाडौैं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत हुने अनुमान गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।
आईसीयू भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ ।
आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको हो ।
१० लिटर प्रतिमिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिन्छ । मन्त्रालयले मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ समेत जारी गरेको छ ।
कोभिड–१९ उपचारका लागि तोकिएका अस्पतालले बेड संख्याका आधारमा कम्तीमा सात दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने मापदण्ड बनाइएको छ ।
शरीरमा अक्सिजनको कमी भएको कसरी थाहा पाउने ? कमी भए के गर्ने ? (भिडियो रिपोर्टसहित)
प्रतिक्रिया