Main News

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

हिमालय टिभी
२०७८ वैशाख २४ गते १७:५०
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

२४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाउनुभएको हो ।

बैठकले रिक्त संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । अहिले लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी नियुक्त गर्न बाँकी छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

संवैधानिक परिषदको बैठक बोलाउनका लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।मतभेद भएपछि पछिल्लो पटक विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा परिषदको बैठक बहिस्कार गर्दै आउनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले आफू अनुकूल बहुमतले पनि सिफारिस गर्न पाउने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनुभएको थियो ।

त्यसै अनुसार गत मंसिरको अन्तिम साता विभिन्न संवैधानिक आयोगमा सिफारिस गरी पछि नियुक्ति गरिएको थियो । ती नियुक्ति विवादमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *