Main News

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने धामाधम पक्राउ पर्दै

हिमालय टिभी
२०७८ वैशाख २४ गते १५:३३
यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने धामाधम पक्राउ पर्दै

२४ वैशाख २०७८ काठमाडौं । काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइ ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरादहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्‍वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई गौशालाबाट पक्राउ गरिएका हो ।

काठमाडौँदेखि झापा मोरङ्ग जाने यात्रुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाइसको काउण्टर र दुईवटा बसका कर्मचारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

महामारीको अबस्थामा यात्रु ठगिन सक्ने भएकोले बिशेष टोली परिचालन गरेको र त्यसै क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *