विदेश

भारतमा एकैदिन चार लाख १४ हजारमा कोरोना संक्रमण, ३ हजार ९ सय २० जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २४ गते ८:११
भारतमा एकैदिन चार लाख १४ हजारमा कोरोना संक्रमण, ३ हजार ९ सय २० जनाको मृत्यु

२४ वैशाख २०७८ नयाँ दिल्ली । तिब्र रुपमा कोरोना महामारी फैलिरहेको भारतमा पछिल्लो २४ घण्टामा चार लाख १४ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने तीन हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक भारतमा एकै दिन चार लाख १४ हजार ४ सय ३३ जना संक्रमित थपिएका हुन् । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोड १४ लाख ८५ हजार नाघेको छ ।

एक करोड ७५ लाख संक्रमित निको भइसकेका छन् भने ३६ लाख ५३ हजार संक्रमितको उपचार भइरहेको छ । भारतमा दैनिक मृत्युदर पनि बढिरहेको छ । पछिल्लो पटक तीन हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ३४ हजार नाघेको छ ।

पछिल्लो पटक विश्वभर ८ लाख ४० हजार संक्रमित थपिएका छन् भने संक्रमणका कारण १३ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *