Main News
नेपालका लागि लिक्विड अक्सिजन दिन भारत तयार
२०७८ वैशाख २४ गते ८:०३

२४ वैशाख २०७८ काठमाडौं । भारतले नेपालको आग्रहपछि ‘लिक्वीड अक्सिजन’को आपूर्ति नेपालतर्फ खुलाएको छ ।
अप्रिल अन्तिम सातादेखि भारतले अक्सिजन देशबाहिर लैजान बन्देज लगाएको थियो ।
पछिल्लो समय नेपालमा लिक्विड अक्सिजन अभाव भएपछि दुई देशमा उच्च तहमा छलफल भइरहेको थियो । दुवै देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मानवीय संकट उत्पन्न हुने भएपछि भारतसँग छलफल भइरहेको थियो । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र बिहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ ।
अब नेपालमा अक्सिजनको अभाव नहुने सरकारी दावी छ ।
प्रतिक्रिया