Main News

एकार्काको स्वास्थ्यको रक्षा र उपचारमा जुट्न आग्रह

हिमालय टिभी
२०७८ वैशाख २३ गते १९:५४
एकार्काको स्वास्थ्यको रक्षा र उपचारमा जुट्न  आग्रह

२३ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीलाई संवेदनशील बनेर सहकार्य, समन्वय गर्न र एकार्काको स्वास्थ्यको रक्षा र उपचारका लागि जुट्न आग्रह गरेको छ ।

मन्त्रालयले सबैमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धी व्यवहार तथा गतिविधि गर्न अनुरोध गरेको छ ।

अनावश्यक हल्लाको पछि लागेर भ्रममा नपर्न तथा सहयोगी भावनाले संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चिकित्सकको सल्लाहबमोजिम मात्रै औषधि प्रयोग गर्न र अस्पतालमा भर्ना भइरहेका जटिल संंक्रमित अन्यत्र लैजाने काम नगराउन अनुरोध गर्नुभएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारिक र प्रमाणित कामकुरा गर्न, गराउन र अस्पतालले उपचार भइरहेको संक्रमितको अन्य अस्पतालमा पठाउनुपूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरी चिकित्सकसँग समन्वय गरेर मात्रै गर्न, गराउन निर्देशन दिइएको डा अधिकारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *