Political Hightlights

प्रधानमन्त्री ओली दलबलसहित सभापति देउवा निवासमा

हिमालय टिभी
२०७८ वैशाख २२ गते १६:४५
प्रधानमन्त्री ओली दलबलसहित सभापति देउवा निवासमा

२२ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ जानुभएको छ ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ जानुभएको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आएको र छलफल चलिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, एमाले संसदीय दलका उपेनता सुवासचन्द्र नेम्वाङ लगायतका नेता पनि हुनुहुन्छ ।

हिजो मात्रै कांग्रेसले प्रधानमन्त्री ओलीलाई २७ गते संसदमा विश्वासको मत लिनबाट रोक्ने निर्णय र आज माओवादी केन्द्र, जसपा र एमालेको नेपाल खनाल समूहसाँग राष्टिय सभा उपचुनावमा सहकार्य गर्ने सहमति गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओली देउवा निवास जानुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्