विदेश

मालीमा २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ वटा सन्तान

हिमालय टिभी
२०७८ वैशाख २२ गते १३:३०
मालीमा २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ वटा सन्तान

२२ वैशाख २०७८ माली । अफ्रिकी मुलुक मालीमा एक महिलाले एकै पटकमा ९ वटा बच्चा जन्माएकी छिन्‌ ।

मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक २५ वर्षीया महिलाले मोरक्कोमा एकै पटकमा ९ जना बच्चालाई जन्म दिएको बताएको छ ।

शल्यक्रियाबाट जन्मिएका सबै पाँच छोरी र चार छोरासहित आमाको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । अल्ट्रासाउण्डमा हालिमा सिसेको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो ।

त्यसपछि चिकित्सकले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरक्को पठाएका थिए ।

त्यस्तै चिकित्सहरुले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको तथा आमा र सबै बच्चालाई बचाउनु चुनौतीपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *