कोरोना संक्रमणबाट भारतमा अहिलेसम्मकै धेरै ३७ सय ८६ जनाको मृत्यु
२२ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ ।
त्यहाँ एकैदिन ३७ सय ८६ जना संक्रमितको मृत्यु भएको हो । यसअघि भारतमा गएको मे एक तारिखमा एकैदिन सबैभन्दा धेरै ३६ सय ८८ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै गत अप्रिल २८ तारिखमा ३६ सय ४७ जनाको मृत्यु भएको थियो । भारतपछि ब्राजिमा ३ हजार २५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार भन्दा बढी पुगेको छ ।
यसैबीच अमेरिकाको ग्लोबल हेल्थ रिसर्च नामक संस्थाले भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कठोर कदम नचाले आगामी ३ महिनाभित्र १० लाखभन्दा बढीको मृत्यु हुन सक्ने बताएको छ ।
त्यस्तै त्यहाँ पछिल्लो पटक ३ लाख ८२ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि भयो । सोही अवधिमा त्यहाँ संक्रमित संख्या संसारमै सबैभन्दा धेरै हो ।
भारतमा दैनिक संक्रमित हुनेको संख्या अझै तीन लाख भन्दा माथि रहेको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड नाघ्दा संक्रिय संक्रमित ३४ लाख ९३ हजार बढी भएका छन् ।
त्यस्तै पछिल्लो पटक संसारभर १३ हजार ६ सय बढीको संक्रमणबाट मृत्यु हुँदा ७ लाख ७५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
प्रतिक्रिया