Main News

अस्पताल चहार्दा चहार्दै उपचार नपाएर सडकमै मृत्यु ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते २०:५१
अस्पताल चहार्दा चहार्दै उपचार नपाएर सडकमै मृत्यु ! (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । राज्यले पटक पटक महामारीमा नागरिकले ज्यान गुमाउनु नपर्ने भनिरहेको छ । तर अवस्था त्यस्तो छैन । धनुषामा अस्पताल चहार्दा चहार्दै बेड नपाएपछि एकजनाको सडक पेटीमै मृत्यु भएको छ । यो घटनाले कोरोनाविरुद्ध लडने सरकारीको तयारी कस्तो छ भन्ने उदागों पारिदिएको छ ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी महामारीमा उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन सरकारले काम गरिरहेको दाबी गर्नुभएको थियो। तर प्रधामन्त्री ओलीले सम्बोधन गरेको २४ घण्टा नपुग्दै धनुषाको यो दृश्यले सरकारको दावी गलत सावित भयो ।

यो तस्विर हो । धनुषामा उपचारका लागि भौतारिएका लोकबहादुर परियारको । उपचारका लागि अस्पतालमा पटक पटक याचना गर्दा पनि भर्ना नलिएपछि परियारले मृत्युवरण गर्नुपर्यो ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारलाई पाँच दिनदेखि रूघाखोकी र ज्वरो आएको थियो । परियारले घरमै सामान्य उपचार गराइरहनु भएको थियो ।

सास फेर्नै नसक्ने अवस्था आएपछि स्थानीय मेडिकल सञ्चालकले एम्बुलेन्स बोलाएर गएराति प्रादेशिक अस्पताल जनकपुरधाम पठाए । एम्बुलेन्स चालक रामबाबु महतोले प्रादेशिक अस्पताललाई बिरामीको अवस्थाबारेमा जानकारी गराएर भर्न लिइदिन अनुनय विनय गर्नु भयो । तर अस्पतालले बेड अभाव भन्दै भर्ना लिन मानेन् ।

त्यसपछि चालक महतोले परियारलाई जानकी हेल्थ केयर पुर्‍याउनु भयो । त्यहाँ पनि बेड खाली नरहेको भन्दै फर्काइदियो। त्यसपछि रामजानकी हस्पिटलमा पनि उहाँको भर्ना भएन । सबै अस्पतालको एउटै जवाफ थियो, बेड अभावले भर्ना लिन सकिन्न । करिब एक घण्टासम्म विभिन्न अस्पतालको चक्कर काट्दा पनि भर्ना लिन नमानेपछि परियारलाई फर्काइयो।

उपचार नपाइ फर्कनु परेका परियारको तंग्रिने अवस्था थिएन । स्वास्थ्यमा थप समस्या आयो । अनि छिमेकीले मंगलबार विहानै आरपी मेडिकल हल लैजाने तयारी गर्दा मेडिकलसम्म नपुग्दै सिँढीमै ढलेका परियार कहिल्यै नउठ्ने गरी जानुभयो।

परियारको मृत्यु सहज भएन, अस्पतालको गेटमा छट्पटाएर मृत्युवरण गर्नु पर्‍यो । केही हप्ता अघि हिमालय टेलिभिजनसँगको कुराकानीमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यस्तो भन्नुभएको थियो ।

सरकारले अवस्थाको आँकलन पहिल्यै गरेको थियो । तर आवश्यक तयारी किन गरेन रु कोरोनाको दोस्रो लहरसँग जुध्न तयार भएको प्रदेश सरकारले लोकबहादुरको जीवन रक्षा किन गर्न सकेन रु लोकबहादुर जस्तै अब यस्तो स्थिति सयौं लोकबहादुले बेहोर्नु स्थिति आउने खतरा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *