पत्रकार महासंघको भवन खाली गर्न प्रेस युनियनको चेतावनी
२०७८ वैशाख २१ गते २०:२१

२१ वैशाख २०७८ नुवाकोट । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघको भवन व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ ।
प्रेस युनियन नुवाकोटका कार्यबाहक अध्यक्ष सुरज सिलवालले एक विज्ञप्ति जारी गर्दै महासंघको भवन सात दिनमा खाली गराउन चेतावनीयुक्त आग्रह गर्नुभएको छ ।
अहिले महासंघको भवनमा सुआहार नामको एउटा परियोजनाले कार्यालय सञ्चालन गर्दै आएको छ ।
चन्दा मागेर पत्रकारको हितमा प्रयोग गर्न भनेर बनाइएको भवन भाडामा लगाएर आम्दानी समेत पत्रकारको हितमा प्रयोग हुन नसकेको भन्दै प्रेस युनियनले कोरोना संक्रिमत पत्रकारको आइसोलेशन बनाउनका लागि भवन खाली गरिदिन आग्रह गरेको हो ।
प्रतिक्रिया