काठमाडौंमा बेड नपाएपछि कोरोना संक्रमितलाई बागलुङ लगियो

२१ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा उपचारका लागि बेड नपाएपछि एक जना संक्रमितलाई बागलुङको धौलागिरि अस्पताल लगिएको छ।
बागलुङको ढोरपाटन नगरपालिका –३ घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिलालाई काठमाडौँका कुनै पनि अस्पतालमा बेड नपाएपछि एम्बुलेन्समार्फत धौलागिरि अस्पताल बागलुङ लगिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले ति महिलाको उपचार भइरहेको जानकारी दिनुभयो । महिलामा स्वास्प्रश्वास सम्बन्धि समस्या देखिएको छ ।
हाल धौलागिरि अस्पतालको २५ शैयाको आइसोलेसन कक्षमा बिहानसम्म २० जना कोरोना संक्रमित रहेका छन् ।
अस्पतालमा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित भर्ना भएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
आइसोलेशनमा भर्ना हुने करिब ९५ प्रतिशत संक्रमितको अक्शिजन घटेको पाइएकोले अक्सिजन दिइरहेको पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया