विदेश
नाइजरमा विद्रोहीको आक्रमणमा १६ जना सैनिकको मृत्यु
२०७८ वैशाख २१ गते ८:१०
२१ वैशाख २०७८ नाइजर । पश्चिम अफ्रिकी मुलुक नाइजरमा विद्रोही समूहको आक्रमणमा परेर १६ जना सैनिकको मृत्यु भएको छ ।
पश्चिमी नाइजरको ताहोउ क्षेत्र नजिक विद्रोहीले गरेको आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै ६ सैनिक घाइते भएका छन् । त्यस्तै एक जना सैनिक हराइरहेको सेनाको भनाइ छ ।
विद्रोहीले सेनालाई बारुदी सुरुङमा पारेर आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।
छिमेकी देश चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण यस क्षेत्रमा नाइजर सेना लक्षित आक्रमण हुने गरेको छ।
प्रतिक्रिया