कर्णाली प्रदेश सरकारद्वारा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत घोषणा

हिमालय टिभी
२०७८ वैशाख २० गते १९:०४
कर्णाली प्रदेश सरकारद्वारा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत घोषणा

२० वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री एवम् सरकारकी प्रवक्ता बिमला केसीले संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि बनाएर राहत दिने बताउनुभयो ।

बैठकले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ती गर्न प्रदेशका १० जिल्ला अस्पताललाई एकएक करोड रुपैंया दिने निर्णय समेत गरेको छ ।

यस्तै, कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी र अस्पताललाई एकएक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०(५० लाख दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *