Main News

आज पनि देशका अधिकांश भागमा मौसम बदली रहने

हिमालय टिभी
२०७८ वैशाख २० गते ९:०७
आज पनि देशका अधिकांश भागमा मौसम बदली रहने

२० वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मौसम बदली हुने बताएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण मौसम बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

महाशाखाले अहिले देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको बताएको छ ।

यस्तै आज दिउँसो देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । अपराह्नपछि देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने भन्दै महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *