आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै
२० वैशाख २०७८ काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर रहेको र यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गर्नुभएको छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरूको सङ्ख्या ५ सय १७ रहेको उहाँको भनाइ छ ।
महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । हरेक वर्षको मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालमा पनि पत्रकार महासङ्घको आयोजनामा युनेस्कोसँगको सहकार्यमा आज भर्चुअलरूपमा अन्तरक्रिया हुँदैछ ।
प्रतिक्रिया