Main News

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

हिमालय टिभी
२०७८ वैशाख १९ गते २०:३०
लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

१९ वैशाख २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउनुभएको छ । साथै उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाउनुभएको हो ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *