उपत्यकासहित ठुला शहरपछि कर्णालीमा कोरोना संक्रमण दर उच्च

हिमालय टिभी
२०७८ वैशाख १९ गते १८:५८
उपत्यकासहित ठुला शहरपछि कर्णालीमा कोरोना संक्रमण दर उच्च

१९ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकासहित ठूला शहरी क्षेत्रमा कोरोना संक्रमण उच्च भए पनि पछिल्लो पटक कर्णाली प्रदेशमा परीक्षण गरिएकामा संक्रमण दर उच्च देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा परीक्षण गरिएका मध्ये ६७ दशमलव ९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

यसले अब कर्णाली प्रदेशमा संक्रमणको जोखिम बढेको देखिन्छ । त्यस्तै लुम्बिनी प्रदेशमा परीक्षण गरिएको मध्ये पोजेटिभ देखिने दर ६१ दशमलव ३ प्रतिशत छ ।

लुम्बिनीका बाँके, दाङ्ग, रुपन्देही बढी प्रभावित छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा परिक्षणा गरेका नमूनामा ३६, प्रदेश २ मा ३५ दशमलव ७, गण्डकी प्रदेशमा ३२ दशमलव ८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । बागमती २५ दशमलव ९ छ ।

संक्रमण हुने संख्या बागमतिमा नै धेरै छ । र यहाँ धेरै नमूना परीक्षणा गरिने भएका कारण संक्रमणको प्रतिशत भने कम देखिएको हो । प्रदेश १ मा भ परीक्षण गरिएकामा सबै भन्दा कम २३ दशमलव ५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *