Main News
मैले आफ्नै विवेकले माओवादी केन्द्र रोजेको हुँः सांसद खत्री (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १९ गते १७:०५
१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्रीले कसैको दबाबमा नभई आफ्नै विवेकले नेकपा माओवादी केन्द्र रोजेको बताउनु भएको छ ।
एमाले नेताहरुले आफ्नो सांसदको अर्को पक्षले अपहरण गरेको दाबी गरेका बेला सांसद खत्रीले पत्रकार सम्मेलन नै गरी आफ्नै राजीखुशीले माओवादी पार्टीमा लागेको स्पष्ट गर्नुभयो ।
नेकपा सांसदका रुपमा निर्वाचिन भएर आउँदा माओवादीले धेरै सहयोग गरेको हुनाले आफूले माओवादी पार्टी रोजेको खत्रीले बताउनुभयो ।
खत्री दाङ ३ ९ख० मा भएको उपचुनावमा तत्कालीन नेकपाबाट निर्वाचित हुनु भएको हो ।
उहाँका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधन भएपछि त्यही क्षेत्रमा उपनिर्वाचनबाट विजयी हुनु भएको हो ।
एमाले साँसद स्व. उत्तरकुमार वलीकी बिधवा पत्नि बिमला वलीलाई उपचुनावमा एमालेले सहयोग गरेनन होला त ?