Main News

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

हिमालय टिभी
२०७८ वैशाख १९ गते १४:३६
लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *