Main News
कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरीको इनरुवा सिल
२०७८ वैशाख १९ गते १३:१०

१९ वैशाख २०७८ सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भए पछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित महेन्द्र चोक क्षेत्र सिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एकै परिवारका दुई जनाको तीन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अवस्थालाई हेरेर महेन्द्र चोक क्षेत्रमा सिल गरिएको जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु भएको थियो । गएको बुधबार आमाको र हिजो बिहान छोराको मृत्यु भएको थियो ।
एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि उच्च सङ्क्रमणको जोखिम भएकाले अर्को आदेश नभएसम्मका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । परिवारका अन्य पाँच सदस्यमा पनि संक्रमण भएको छ ।
प्रतिक्रिया