Main News

दाङमा भारतीय कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

हिमालय टिभी
२०७८ वैशाख १९ गते ८:०९
दाङमा भारतीय कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

१९ वैशाख २०७८ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ ।

मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

उनीहरू तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र हिजो बेलुकी मृत भेटिएका थिए । तीनैजना वालक बैशाख १६ गतेदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो ।

१८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीयले गाडिभित्र शव भेट्टाएका थिए । त्यसपछि प्रहरीलाई खवर भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

मृतक बालकका आफन्तले हत्या भएको भन्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *