Main News

दाङको तुलसीपुरमा कारभित्र तीन जना शिशु मृत फेला

हिमालय टिभी
२०७८ वैशाख १९ गते ६:१०
दाङको तुलसीपुरमा कारभित्र तीन जना शिशु मृत फेला

१९ वैशाख २०७८ तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् ।

उनीहरुलाई गएराति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।

शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *