Main News

नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, थप १९ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १६:५४
नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, थप १९ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो पटक एकैदिन अहिलेसम्मकै धेरै ५७ सय ६३ संक्रमित थपिएका छन् ।

दैनिक संक्रमितको यो संख्या महामारी शुरु भएयताकै उच्च हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १४ हजार ४ सय ३ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र ५ सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि पहिलो लहर उच्च विन्दुमा पुग्दा कात्तिक ५ गते ५७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै करिव २५ सय छन् ।

काठमाडौंमा १९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा ५ सय ५१, रुपन्देहीमा ४ सय २२, कास्कीमा २ सय १२, दाङमा २ सय ५१, चितवनमा १ सय ७७, पर्सामा १ सय ६३ र कैलालीमा १ सय २५ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये १९ वर्ष मुनिका ४ सय ५८ जना छन् ।

गम्भीर अवस्थाका पाँच सयभन्दा बढी संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ४ सय १ जनाको आइसियूमा र १ सय १० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

पछिल्लो पटक संक्रमणबाट १९ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ । पछिल्लो पटक १२ सय ८७ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ४३ हजार २ सय १३ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *