राजनीति

अस्पतालमा सैय्या छैन भन्नु सरकारको लाचारी र लज्जास्पदः कांग्रेस

हिमालय टिभी
२०७८ वैशाख १८ गते १४:२२
अस्पतालमा सैय्या छैन भन्नु सरकारको लाचारी र लज्जास्पदः कांग्रेस

१८ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा सैय्या उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाइ लाचारी र लज्जास्पद भएको बताएको छ ।

आज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भए पनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताउनुभएको हो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने अपिल गरेको गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको यस्तो अपिलको नेपाली कांग्रेसले विरोध गरेको हो । प्रवक्ता शर्माले अहिलेको परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी भएको बताउनुभयो । सरकारले समयमै विषयप्रतिको गम्भिरता प्रस्तुत नगर्नु र दुरदर्शिता नराख्नुका कारण आजको परिस्थिति आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुयो – ‘सरकारले समयको सदुपयोग गर्न सकेन् । सत्ताको द्वन्द्व गरेर गुजा¥यो । मन्त्रीको संख्या थपेर गुजा¥यो । मन्त्रीको संख्या बढाउने, भेन्टिलेटरको संख्या नबढाउने, मन्त्रीको कुर्सी थप्ने सरकार बचाउन तर जनताका जीवन बचाउन अस्पतालमा बेड नथप्ने यो कर्म गरिसकेपछि यो अवस्था आयो । यो परिस्थिति आउन सम्पूर्ण रुपले दोषी सरकार छ । समय हुँदै विषयप्रतिको गम्भिरता नराख्नु, दूरदर्शिता नराख्नु र गर्नुपर्ने पर्याप्त तयारी नगर्नु यो परिस्थिति उत्पन्न हुनुको दोष हो ।’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेको छ । बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता के कति हो, अवस्था कस्तो छ भन्ने विषयमा सरकारले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने सरकारले समाजका सबै पक्षसँग चाहेको सहयोग के हो स्पष्ट पार्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।शर्माले राज्य जिम्मेवारीबाट पन्छिने बेला नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जिम्मेवार राज्यको कर्तव्य बेड छैन भनेर अभावको गीत गाएर पुरा हुँदैन । राज्यले छैन भने जुटाउने कसरी ? व्यवस्थापन गर्ने कसरी ? अर्बौ रुपैयाँ लगेर हामी चुनावमा खर्च गर्न तयार थियौ त, बेड खरिद गर्न लाखौँ, करोडौँ खर्च गर्न सकिन्न ? व्यवस्थापन गर्न सकिन्न ? त्यसकारण अहिले राज्यले हात उठाउने बेला भएको थिएन ।’

प्रवक्ता शर्माले सरकारलाई जिम्मेवार भएर कर्म गर्नका लागि सजग गराउनुभयो । केन्द्र सरकारसँगै प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि नेपाली कांग्रेसको तर्फबाट नागरिकको जीवन बचाउनका लागि जिम्मेवार भएर लाग्न सजग गराइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्