Main News
निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार बढी सवारी साधनमाथि कारबाही
२०७८ वैशाख १६ गते १९:१४

१६ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा उल्लघन गर्ने २ हजारभन्दा बढी सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ ।
निषेधाज्ञा उल्लघन गर्दै सडकमा गुडेका २ हजार ४९ सवारीसाधनलाई कारवाही स्वरुप होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले जरुरी काम र सवारी पासविना सडकमा निस्किएका सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ६ बजेपछि छाडेको हो ।
निषेधाज्ञाको पहिलो दिन भएकोले आज सम्झाई बुझाई आगामी दिनमा निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा उनीहरुलाई छाडिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया