विदेश

भारतमा कोरोना नियन्त्रणबाहिर, ३ लाख ८० हजार संक्रमित हुँदा ३६ सय ४७ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १६ गते ८:४८
भारतमा कोरोना नियन्त्रणबाहिर, ३ लाख ८० हजार संक्रमित हुँदा ३६ सय ४७ जनाको मृत्यु

१६ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको छ । पछिल्लो पटक एकै दिन झण्डै तीन लाख ८० हजार संक्रमित थपिएका छन् ।

महामारी तिब्र फैलिएको भारतमा पछिल्लो २४ घण्टामा एकै पटक तीन लाख ७९ हजार ५ सय भन्दा बढी संक्रमित थपिएका हुन् । यो संख्या कोरोना महामारी शुरु भएयताकै उच्च हो ।

हिजो मात्रै ३ लाख ६३ हजार कोरोना संक्रमित थपिएका थिए । संक्रमणसँगै मृत्यु दर पनि बढिरहेको भारतमा पछिल्लो पटक थप तीन हजार ६ सय ४७ जनाको मृत्यु भएकव छ ।

संक्रमितको चाप अत्याधिक भएसँगै भारतमा कोरोना विशेष अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभाव भएको छ । अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको छन् ।

कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण दोस्रो लहर दिनहुँ भयावह बनिरहेको भारतमा अहिलेसम्म १ करोड ८३ लाख ६८ हजार भन्दा बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ लाख चार हजार नाघेको छ ।

त्यस्तै ३० लाख भन्दा बढी हुँदा संक्रिय संक्रमित रहँदा संक्रमणमुक्त हुने १ करोड ५० लाख नाघेका छन् । कोरोना प्रभावितका आधारमा भारत विश्वमै दोस्रो सूचिमा छ । भारतमा सबैभन्दा प्रभावित राज्यमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश रहेका छन् ।

पछिल्लो पटक विश्वभर एकै दिन ८ लाख ७१ हजार कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा ५६ हजार र ब्राजिलमा ७७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । विश्वभर १४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *